भुँडीपुराण प्रकाशनको “रन्को” राजन के.सी. द्वारा तयार पारिएको डायरी हो ।
यो पुस्तक दैनिकीमा आधारित साहित्यको अनुभवजन्य आत्मपरक अभिव्यक्ति हो ।
यसै सन्दर्भमा लेखकले आफू सामाजिक राजनैतिक अभियन्ता बनेर आफ्नो बासस्थान रहेको टोल र सम्पूर्ण नेपाल विकास गर्ने सन्दर्भमा आफूले देखेको भोगेको र अनुभव गरेको विषयलाई ११० दिनको स्वरूप प्रदान गरी दैनिकीको संरचनामा प्रस्तुत गर्नुभएको छ ।
काठमाडौँको सङ्गमबस्ती, पोखरा ३२ को गगनगौडा र तराईतिरको भ्रमण गर्दा आफूले गरेको कार्यशैलीलाई वस्तुपरक विवरणात्माक विचारात्मक र आत्मपरक शैलीको प्रयोग गरी दैनिकीको स्वरूपका आधारमा पुस्तकाकारको रूपमा यो कृति प्रस्तुत गर्नुभएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772020 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Author(s) | राजन के.सी. |