भुँडीपुराण प्रकाशनको “मुटु हराएको मान्छे” मणि नेपाली पनेरुद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
यस कवितासङ्ग्रहमा तीस ओटा कविता समेटिएका छन् ।
यस सङ्ग्रहका कविताका शिर्षकले पनि यिनको विषयवस्तु र भावको सङ्केत गर्दछन् ।
यहाँ यी कविताको विषयवस्तुगत चेतना र शैलीशिल्पगत सामर्थ्यको रेखाङ्कन गरिएको छ ।
यस कवितासङ्ग्रहका अधिकांश कविताले नेपाली समाजसापेक्ष सामाजिक विकृति विसङ्गतिको विरोध गरेका छन् ।
यी कविताले सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, प्रशासनिक विसङ्गतिका अन्तर्य खोतल्दै तिनको पर्दाफास गर्ने र सकेको सुधार गर्ने उद्देश्य राखेका छन् ।
Book | |
---|---|
ISBN | 9789937772167 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Author(s) | मणि नेपाली पनेरु |