नेपाली काङ्ग्रेसको इतिहास

Price:

₨ 700.00


खश साम्राज्यको इतिहास
खश साम्राज्यको इतिहास
₨ 490.00
₨ 490.00
नेपालको राजनैतिक इतिहास
नेपालको राजनैतिक इतिहास
₨ 490.00
₨ 490.00

नेपाली काङ्ग्रेसको इतिहास

भुँडीपुराण प्रकाशनको “नेपाली काङ्ग्रेसको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तक नेपाली कांग्रेसको समग्र इतिहासमा आधारित छ ।
पुस्तकबाट साभार:
“… विरोधमा हडताल, जुलूस प्रदर्शन र आमसभा गर्न सक्छन्, पत्रपत्रिकाले ...

₨ 700.00 700.0 NPR ₨ 700.00

₨ 700.00


  • ISBN
  • Publisher
  • Language
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपाली काङ्ग्रेसको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।

यो पुस्तक नेपाली कांग्रेसको समग्र इतिहासमा आधारित छ ।

पुस्तकबाट साभार:

“… विरोधमा हडताल, जुलूस प्रदर्शन र आमसभा गर्न सक्छन्, पत्रपत्रिकाले पनि सरकारको विरोधमा लेख्दछन् भन्ने बयान सुन्दा नेपालका रैती दुनियाँहरू आश्चर्य मानेर वाल्ल पर्दथे । उनीहरुका लागि प्रजातन्त्र र मानव अधिकारका कुराहरू अर्कै लोकका कथा कहानीजस्ता अनौठा लाग्दथे ।

… विद्यार्थीहरु आफ्नो पढाई र परीक्षासमेत छोडेर क्रान्तियुद्धमा सरिक भए। विभिन्न वर्ग, क्षेत्र र समुदायका नेपाली साझा उद्देश्यका लागि एकजुट भएर लडे । झापादेखि लिएर धनगढीसम्म युद्ध भयो। राजधानीदेखि लिएर दुर्गम पहाडका जनतासमेत इन्कलावको नारा लगाउंदै उठे। यस युद्धमा हजारौं नेपालीले प्राणको बाजी लगाएर रगत र पसिना बगाए ।

… पार्टीमाथि प्रतिबन्ध लगाउने निरङ्कुश शासकका शालिकमा पार्टीहरूकै झण्डा टाँसीए। जिल्ला, नगर र गाउँहरुमा समेत जुलूसहरू निस्किए । मान्छेहरू खुशीले उफ्रे, नाचे, गाए र नारा लगाए। बाजा बजाए, भाषण गरे र ताली ठटाए । शिरमाथिको निरंकुशताको जाँतो पन्छेको, स्वाभिमान जागेर छाती फुकेको तथा प्रजातान्त्रिक देशको स्वतन्त्र नागरिक भएर शिर उँचा भएको अनुभव गरे ।”

Book
ISBN 9789993344650
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Author(s) प्रा.डा. सूर्यमणि अधिकारी