भुँडीपुराण प्रकाशनको “नेपाली भाषाको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
पुस्तकबाट साभार:
“नेपाली भाषाको इतिहास एकप्रकारले नेपाली स्वतन्त्रताको इतिहास हो। हिमालको काखमा जुन जातिले आफ्नो स्वतन्त्र अस्तित्वको रचना गर्यो, त्यसको भाषिक इतिहास निश्चय नै स्वतन्त्रताको सुगन्धले सुवासित हुन्छ। उत्तर र दक्षिणका दुई विशाल छिमेकीका बीच आफ्नो छुट्टै अस्तित्वको परिकल्पना गर्ने नेपाली जातिको सूझ उसको भाषामा स्वत: अन्तर्निहित हुन्छ। लिच्छविकालभन्दा पनि सायद अझ अघिदेखि यस भूखण्डलाई एकीकृत पार्ने चाहना स्थायीरुपले धेरै यतासम्म साकार हुन पाएको थिएन ।”
Book | |
---|---|
ISBN | N0004 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Author(s) | प्रा.डा. सूर्यमणि अधिकारी |